नेपाल टेलिकमले गल्याङको तुलसीभन्ज्याङमा सेवा बिस्तार गरेको छ।
गल्याङ नगरपालिका प्रमुख (मेयर) भुपराज अधिकारीले टेलिकमले नगरपालिकाको विकासमा सहयोग गरेको बताए।
कार्यक्रममा टेलिकम कार्यालय गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायले टेलिकमको उद्देश्य सस्तो दरमा भरपर्दो सेवा उपलब्ध गराउने रहेको बताए।
त्यसैगरी वडा नं.११ तुलसीभन्ज्याङका अध्यक्ष शंकरदेव अधिकारीले वर्षौ देखिको सपना साकार भएको धारण राखे।
कम्पनीका अनुसार टेलिकम कार्यालय गल्याङबाट नयाँ नेटवर्क गरी पिएसटिन सेवाका साथै फाइभ एमबिपिएस स्पिड क्षमता भएको एडिएसएल सेवा समेत सुचारु गरेको हो।