गत हप्ता मात्र ओप्पोले चार नयाँ देशमा प्रवेश गरेको छ।
कम्पनीले यूनाइटेड किङ्गदम, साउदी अरेविया, टर्की र पोल्याण्डमा आफ्ना फ्ल्यागशिप मोडलका साथ प्रवेश गरेको जनाएको छ।
साउदी अरेबियाका लागि पहिलो उत्पादनका रुपमा कम्पनीले आर१७सिरिज भित्र््याएको छ।सार्वजनिक अगाडि कम्पनीले मिडल ईस्ट रिजनल अपरेशनको आधारका रुपमा यूएईको दूबईमा दोस्रो एमईए हब खोल्ने घोषणा गरेको छ।
पोल्याण्डमा आयोजित सार्वजनिक समारोह मार्फत ओप्पोले आफ्नो पूर्ण प्रडक्ट सिरिज फाईण्ड एक्स, आरएक्स१७सिरिज र ए सिरिजपनि सार्वजनिक गरेको जनाएको छ।
अबको यूके, टर्की र पोल्याण्ड बजारमा प्रवेशसंगै यूरोपियली बजारमा ओप्पोको उपस्थिती ९ ओटा देशमा पुगेको छ ।
हाल ओपोको उपस्थिती विश्वका ४० देश सम्म पुगिसकेको छ । ओप्पोले विश्वभरका २५० मिलियन प्रयोगकर्तालाई स्टेट अफ आर्ट प्राविधिक उत्पादन तथा सेवा उपलब्ध गराइरहेको ओप्पोको दाबी छ।