युनिक नेपाल लघुवित्तमा रोजगारीको अवसर खुलेको छ।
लघुवित्तले केही संख्यामा प्रशिक्षार्थी कनिष्ठ सहायक माग गरेको हो।
इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट एलएलसी/एसइई परीक्षामा कम्तीमा १.६ जिपिए ल्याएर उत्तीर्ण भएको हुनु पर्नेछ।
लघुवित्त संस्थामा लघुवित्त सञ्चालन सम्बन्धी न्यूनतम ६ महिना कार्य अनुभव भई कार्यरत भएको हुनु पर्नेछ।
कम्प्युटर सम्बन्धी ज्ञान भएको र लघुवित्त संस्थामा काम गर्न इच्छुक रहेकालाई प्राथमिकता दिइने लघुवित्तको भनाइ छ।
उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा पाँच वर्ष थप हुनेछ।
परीक्षा दस्तुर पाँच सय रूपैयाँ लाग्नेछ।
इच्छुकले असार १८ गतेसम्म आवेदन दिन सक्नेछन्।
