न्युरो हस्पिटल कार्डियो एण्ड मल्टिस्पेसलिटी अस्पताल (विराटनगर)मा रोजगारीको अवसर खुलेको छ।
हस्पिटलले नर्सिङ सुपरभाइजर १ जना, ओटी इन्चार्ज १ जना र ३० जना स्टाफ नर्स गरी कुल ३२ जना नर्स माग गरेको हो।
नर्सिङ सुपरभाइजर र ओटी इन्चार्जले बिएन वा बिएससी नर्सिङ उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, सम्बन्धित कामको पाँच वर्षको अनुभव पनि हुनु पर्नेछ।
स्टाफ नर्सले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएल/बिएससी/पिबिबिएन उत्तीर्ण गरेको हुनुपर्नेछ।
इच्छुकले [email protected] मा आवेदन दिन सक्नेछन्।