बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रोजगारीको अवसर खुलेको छ।
प्रतिष्ठानले करार सेवाका लागि १४३ जना स्टाफ नर्स माग गरेको हो।
इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाण पत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
उमेर हद पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ।
परीक्षा दस्तुर एक हजार पाँच सय रूपैयाँ लाग्नेछ।
इच्छुकले चैत २३ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ३० गतेसम्म आवेदन दिन सक्नेछन्।
