श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने भएको छ।
मन्त्रालयले फागुन २६ र २७ गते सम्मेलन आयोजना गर्ने घोषणा गरेको हो।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गर्ने कार्यक्रम समेत राखिएको छ।
'उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार' मुल नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए।
उनले सीप तथा क्षमता विकासका क्रियाकलाप चलायमान गराइ नेपालको श्रम बजारको माग र आपूर्तिको अवस्थालाई सन्तुलनमा ल्याउन सम्मेलनले महत्त्वपूर्ण योगदान पुर्याउने दाबी समेत गरे।
श्रम मन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी प्रवर्द्धन गर्न सके नै वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सकिने उल्लेख गरे।
देशमा उत्पादन र उत्पादकत्व वृद्धि गर्दै रोजगारी सिर्जनामा सरकार केन्द्रित हुन सम्मेलनबाट आवश्यक सल्लाह सुझाव लिने तयारी गरिएको उनले बताए।