त्रिभुवन विश्वविद्यालयमा रोजगारीको अवसर खुलेको छ।
विश्वविद्यालयले खुला प्रतियोगिता अन्तर्गत प्रशासन, पुस्तकालय, स्वास्थ्य सेवामा कर्मचारी माग गरेको हो।
आवेदन दस्तुर अधिकृत तृतीय समूहको दुई हजार आठ सय, सहायक प्रथमको दुई हजार रूपैयाँ र सहायक द्वितीय एक हजार पाँच सय रूपैयाँ लाग्नेछ।
इच्छुकले चैत ११ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ। दोब्बर दस्तुर तिरेर चैत १८ गतेसम्म आवेदन दिन सकिनेछ।

