नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना प्रकाशन गर्दै उपत्यका बाहिरका विमानस्थल कार्यालयहरूमा कर्मचारी माग गरेको छ।
आयोगले बिहीबार जारी गरेको सूचनाअनुसार प्राविधिक समूह अन्तर्गत सातौं तहको वरिष्ठ अधिकृत पदका लागि करारमा २५ जना कर्मचारी माग गरेको हो।
आवेदकको न्यूनतम योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट विज्ञान/सूचना प्रविधि/व्यवस्थापन/इन्जिनियरिङ विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ।
साथै, नागरिक उड्डयन प्राधिकरण प्रतिष्ठानबाट कम्तीमा ६ महिना अवधिको आधारभूत एयर ट्राफिक सर्भिसेस तालिम लिएको हुनु पर्नेछ।
उमेर हद २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्।
परीक्षा दस्तुर एक हजार दुई सय रूपैयाँ तोकिएको छ।
