बागमती प्रदेशको ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ सुरू भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाटनस्थित पाटन बहुमुखी क्याम्पसमा आयोजना गरेको मेला दुई दिनसम्म चल्नेछ।
मन्त्रालयले आयोजना गरेको मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एसोसिएसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघले गरेका हुन्।
मेलामा रोजगारदाता तथा विभिन्न परामर्शदाता कम्पनी र सरकारी निकाय गरी ८० स्टल छन्।
तस्बिरहरू: