सरकारले प्रत्येक प्रदेशमा कम्तीमा एक हजार युवालाई सीपमूलक तालिम प्रदान गर्न ४३ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले प्रशिक्षार्थीलाई आवासीय सुविधा सहितको रोजगारमुलक व्यवसायिक सीप प्रदान गर्न तालिम प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने बताएका छन्।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उनले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि सीपमुलक बनाएर पठाउने बताए।
अर्थमन्त्री पुनले वैदेशिक रोजगारीमा जानु पूर्व दिइने अभिमुखीकरण तालिमलाई निःशुल्क बनाइने घोषणा गरेका छन्।