नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले सुरक्षा (सेक्युरिटी) गार्ड तथा सरसफाई क्षेत्रका श्रमिकहरुलाई कोभिड विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ।
यो क्षेत्रका श्रमिकहरु उच्च जोखिममा रहेका कारण उनीहरुलाई प्राथमिकतामा राखेर खोपको व्यवस्था मिलाउन युनियनले माग गरेको हो।
उनीहरुलाई कार्यास्थलमै खोपको व्यवस्था गर्नसमेत आग्रह गरिएको छ। जोखिम मोलेर काममा खटिएका सेक्युरिटी गार्ड तथा सरसफाई श्रमिकहरुलाई जोखिम भत्ताको व्यवस्था हुनुपर्ने युनियनको जोड छ।
त्यस्तै सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयनको वातावरण मिलाउन समेत युनियनले सरकारलाई ध्यानाकर्षण गराएको छ।
कार्यान्वयन नभए आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुने युनियनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।