नेपालबाट कतार जानेहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ।
कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कतारी नागरिक तथा कतारमा बसोबास गरिरहेका सबै नागरिकहरुको स्वास्थ्यलाई सुरक्षित राख्न कतार सरकारले सो व्यवस्था गरेको हो।
कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ती जारी गर्दै सो व्यवस्था लागू गरेको हो।
नेपाल, भारत, पाकिस्तान, चीन, बंगलादेश, श्रीलंका र फिलिपिन्सबाट कतार प्रवेश गर्नेहरु २९ अप्रिलबाट अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था लागू गरेको हो।
माथि उल्लेखित मुलुकहरुबाट कतार प्रवेश गर्नेले १० दिन होटल क्वारेन्टाइन वा १४ दिन मेकाइनिस क्यावरेन्टाइनमा बस्नुपर्ने छ।
कतार प्रवेश गर्न ४८ घण्टाभित्रको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ।