सरकारले भदौ १७ गतेदेखि खुल्ने नियमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडानबाट दैनिक ८ सय जनामात्र आउन पाउने भएका छन्।
यसअघि दैनिक ५ सयमात्र आउन दिने निर्णय भएको थियो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संख्या निर्धारण गर्ने छ। क्वारेन्टिन र आइसोलेसन अवस्था हेरी मन्त्रालयले अनुमति दिने छ।
गैरआवासीय नेपालीलाई पनि आउन दिने निर्णय गरेको छ। आउनैपर्ने बाध्यता परेका नेपालीलाई कुटनीतिक नियोगले सिफारिस गरेपछि उनीहरु नेपाल आउन पाउने छन्।
पिसिआर सहज नभएका मुलुकहरुबाट नियमित उडानबाट यात्रु ल्याउन नपाउने तर चार्टर्ड उडानबाट ल्याइने सरकारले जानकारी दिएको छ।
तर यसरी उडान अनुमति नपाएका मुलुकबाट बेखर्ची भएकाहरुलाई भने नल्याउने निर्णय गरेको छ।