उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्ध नियुक्तीको प्रक्रिया सुरु गरेको छ।
मन्त्रालयले महाहप्रबन्धक नियुक्तीका लागि गठन गरेको सिफारिस समितिले महाप्रबन्धका लागि खुला आव्हान गरेको हो।
प्रशासन,व्यवस्थापन,कानून वा इन्जिनियरिङमा स्नातकोत्तर गरेका वा चार्टर्ड एकाउन्टेसी उत्तिर्ण भएकाले यसमा आवेदन दिन पाउने छन्। पाँच वर्षको अनुभव भए पुग्ने यसका लागि ३५ वर्ष पुरा भइ ६५ वर्ष ननाघेको हुनुपर्छ।
अबको २१ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ।
यसरी निवेदन दिएकाहरुमध्ये सिफारिस समितिले योग्यता निर्धारण गर्छ। त्यसरी तोकिएको योग्यता पुगेका उम्मेद्वारहरुको सूची बनाएर अन्तर्वार्ताका लागि बोलाउछ।
अन्तर्वार्ताबाट छानिएकाहरुलाई नियुक्तीका लागि सिफारिस गर्ने छ।