कर्मचारी सञ्चय कोषले भदौ १ देखि आलोपालोमा सेवा दिने जानकारी गराएको छ।
कोरोना भाइरसको संक्रमण बढेकाले कार्यालयमा भीडभाड न्यून गर्नभन्दै कोषले सेवा वर्गअनुसारको सेवा दिने बताएको छ।
काठमाडौं उपत्यका कार्यालयहरुबाट बारअनुसार सेवा दिइने छ। जसमा आइतबार नेपाली सेना,सोमबार निजामती, मंगलबार प्रहरी,बुधबार शिक्षा र बिहीबार अन्य संघ संस्थाका सञ्चयकर्तालेमात्र सेवा पाउने छन्।
भदौ १ गतेबाट विशेष सापटीको भुक्तानी अनलाईन प्रणाली मार्फत मात्र गर्ने निर्णय गरेको कोषले धितोमा आधारित सापटीको नयाँ फाईल दर्ता नगर्ने बताएको छ।