नेपाल राष्ट्र बैंकको समयमै ऋण तिर्न समस्या परेका व्यवसायीहरूलाई राहत पुग्ने गरी मौद्रिक नीतिको पहिलो समीक्षा जारी गरेको छ।
शुक्रबार गरिएको समीक्षा अनुसार परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने उल्लेख गरिएको हो।
तर, बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरू उपरको कारबाहीलाई थप प्रभावकारी बनाउने बताइएको छ।
समस्यामा परेका व्यवसायीलाई १० प्रतिशत कर्जा भुक्तानी गरी कर्जाको पुनर्संरचना गरिने भएको हो।
'समस्यामा परेका ऋणीहरूबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको १० प्रतिशत रकम असुल गरी कर्जा पुनरसंरचना गर्न सक्ने अवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनर्संरचना गर्न सक्ने क्षेत्रहरूको विस्तार गरिने छ,' समीक्षामा भनिएको छ।