नेपालको ओपिसि सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्सले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपिसि सिमेन्ट बन्न सफल भएको छ।
शिवम् सिमेन्टले स्थापना कालदेखि हाल (२०७९ असार मसान्त) सम्मको अवधिमा नेपालकै सर्वाधिक ओपिसि सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको हो।
ओपिसि मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओपिसि सिमेन्ट उत्पादन तथा बिक्री-वितरण गर्दै आइरहेको छ।
उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री-वितरण गर्दै आएको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमा पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो।
'भरोसा अटुट सम्बन्धको', 'क्वालिटीको मामलामा नो कम्प्रमाइज', 'गुणस्तरको पहिचान हो शिवम्' तथा 'गुणस्तरमा कहिल्यै सम्झौता नगरौं' जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री-वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको कम्पनीको दाबी छ।
हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। शिवम् सिमेन्टले नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आइएसआइ, युआरएस, आइएसओ सर्टिफिकेट प्राप्त गरेको छ।