सौरभ ग्रुप अन्तर्गतको गुणस्तरीय फलामे छड उत्पादक सर्वाेत्तम स्टिलले इन्जिनियर तथा ठेकेदारहरूलाई लक्षित गर्दै प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ।
जगदम्बा सिमेन्टसँगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य इन्जिनियर तथा ठेकेदारहरूलाई गुणस्तरीय घर निर्माणसम्बन्धी जानकारी तथा प्राविधिक ज्ञान प्रदान गर्नु थियो।
कार्यक्रममा सर्वाेत्तम स्टिलको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले इन्जिनियर तथा ठेकेदारहरूलाई सर्वाेत्तम स्टिलको गुणस्तरीयता तथा प्राविधिक विवरणबारे जानकारी दिए। त्यसैगरी, जगदम्बा सिमेन्टको तर्फबाट कम्पनीका डिजिएम चिरञ्जीवी घिमिरेले जगदम्बा सिमेन्टको बारेमा जानकारी दिए।
सो कार्यक्रम विर्तामोड, इटहरी र लहान गरी तीन स्थानहरूमा आयोजना गरिएको थियो। गत चैत्र २१ गते विर्तामोडमा भएको कार्यत्रममा १२० जनाको सहभागीता थियो भने चैत २३ गते इटहरीमा भएको कार्यक्रममा १२९ जना इन्जिनियर तथा ठेकेदारहरूको सहभागीता थियो। त्यसैगरी, चैत्र २५ गते भएको कार्यक्रममा १३७ जनाको सहभागीता थियो। कार्यक्रम आयोजना भएको प्रत्येक स्थानमा कम्पनीले लक्की ड्र मार्फत एक जनालाई स्मार्ट टिभी उपहार समेत दिएको छ।
सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम स्टसल एफई ५०० फलामे डण्डी (सर्वोत्तम सुपर ग्रिप) नयाँ जमानाको यस्तो फलामे डण्डी हो, जसले सर्वाेत्तम लचकता तथा मजबुतीलाई एकसमान रुपमा प्रस्तुत गरेको छ। यो फलामे डण्डी आफ्तो डायमण्ड रिबका कारण अन्य फलामे डण्डीभन्दा फरक छ।