नेपालको पहिलो सिपिभिसी पाइप उत्पादक र अग्रणी निर्यातकर्ता मंगलम इन्डस्ट्रिजबाट उत्पादित सिपिभिसी प्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ। यसका एस्डिआर ११ (१५ र ५० मिलिमिटर) र एस्डिआर १३.५ (२० र ५० मिलिमिटर)लाई नेपाल गुणस्तर चिन्ह ५७० प्रदान गरिएको हो।
बजारमा लामो समयदेखि गुणस्तरीय उत्पादन दिइरहेको मंलमको पिभिसी र एचडिपिई पाइपले भने पहिलेदेखि नै नेपाल गुणस्तर मान्यता पाइसकेका छन्।
गुणस्तर तथा नापतौल विभागले विभिन्न नेपाली उत्पादनहरूलाई गुणस्तरको मानकको रूपमा यो चिन्ह प्रदान गर्दै आएको छ। नेपाल गुणस्तर चिन्ह अन्तरराष्ट्रिय मान्यता प्राप्त छ र यो चिन्ह पाएका उत्पादनहरू गुणस्तरीय र नेपाली बजारमा बिक्री योग्य मानिन्छन्।
मंगलम इन्डस्ट्रिज उपाध्यक्ष प्रदिप शुक्लाले यसै विषयमा भने, 'हाम्रो सिपिभिसी प्लसले नेपाल गुणस्तर चिन्ह पाएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं। उत्पादन प्रक्रियामा सबै मापदण्ड पुर्याएका, गुणस्तरीय र सुरक्षित उत्पादनहरूलाई गुणस्तर विभागले यो चिन्ह प्रदान गर्दै आएको छ। यो हाम्रो लागि उल्लेखनीय उपलब्धि हो। साथै, यसले हामीलाई भविष्यमा अझै गुणस्तरीय उत्पादन गर्न पनि हौसला दिएको छ।'
नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम इन्डस्ट्रिजले निर्माण कार्यमा आवश्यक पाइप्स र फिटिङ्सहरू नेपालमै उत्पादन गर्दैछ। मंगलम हरेक उत्पादनहरू उच्च गुणस्तरीय जापानिज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोगबाट बनाइन्छन्।