जगदम्बा ग्याल्भा प्लस, प्रिमियम एल्युमिनियम-जिंक कोटेड सिट जसलाई ग्याल्भल्युम पनि भनिन्छ, एक अलोय कोटिङ गरिएको उत्पादन हो। यसमा तौलको हिसाबले ५५ प्रतिशत एल्युमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित हुन्छ।
जगदम्बा ग्याल्भा प्लस नेपालमा अत्याधुनिक रुफिङ उद्योगमा नयाँ आयाम हो, जसले फलामलाई अक्सिडेशनबाट बचाउँछ र परिणामस्वरूप उत्पादनलाई सामान्य उत्पादनको तुलनामा १० गुणा बढी टिकाउ बनाउँछ।
विभिन्न रंग विकल्पमा उपलब्ध यही ग्याल्भा प्लसलाई भने जगदम्बा सुपर साइनको नाम दिइएको छ। नाम र रंगमा फरक भएतापनि यसको उत्पादन र रासायनिक गुणहरू एउटै हुन्।
विभिन्न आकर्षक रंगले कोटिङ गरिएको जगदम्बा सुपर साइन जस्ता पाताहरू कच्चा मालको रूपमा एल्युमिनियम-जिंक कोटेड प्लेट (पिपिजिएल) प्रयोग गरी निर्माण गरिन्छ। एल्युमिनियमले जगदम्बा ग्याल्भा प्लस वा जगदम्बा सुपर साइनलाई नेपाली बजारमा उपलब्ध साधारण ग्याल्भेनाइज्ड स्टिल भन्दा भिन्न बनाउँछ।
जगदम्बा ग्याल्भा प्लस नेपालको पहिलो स्वचालित अत्याधुनिक ग्याल्भल्युम लाइन प्रक्रियाबाट उत्पादित एल्युमिनियम-जिंक कोटिङ भएको उत्पादन हो। जगदम्बा ग्याल्भा प्लस पाताको उत्पादनमा नवीनतम विश्व प्रख्यात प्रविधि र सर्वोत्कृष्ठ उपकरणको प्रयोग छ जसले घरको लागि उच्चतम सुरक्षा, दीर्घायु जीवन र आकर्षक स्वरुप सुनिश्चित गर्छ।
देशको अग्रणी स्टिल उत्पादक कम्पनीले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ। जगदम्बा स्टिलका उत्पादनहरू; जगदम्बा सुपर साइना र ग्याल्भा प्लस रोमानिया, युएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको हो।
जगदम्बा ग्याल्भा प्लसको प्राथमिक फाइदा भनेको यसको खिया प्रतिरोधात्मक विशेषता हो। जगदम्बा ग्याल्भा प्लस एन्टी-कोरोजन प्रविधि सहित निर्माण गरिएको हुन्छ जसले पाताको प्रारम्भिक क्षति रोक्छ र यसलाई टिकाउ बनाउँछ। एल्युमिनियमको प्रयोगले कोटिङको खिया प्रतिरोधात्मक क्षमता दुई गुणाले वृद्धि गर्छ।
अन्य कोटिङ प्रविधिहरूको तुलनामा एल्युमिनियम-जिंक कोटिङ भएको जगदम्बा ग्याल्भा प्लस उत्पादनहरूमा खिया प्रतिरोधात्मक क्षमता अझ उच्च हुन्छ जसले जस्तोसुकै प्रतिकुल मौसममा पनि दीर्घकालिन सुरक्षा प्रदान गर्छ। भारी वर्षा, उच्च आर्द्रता, चिसो वा हिउँ पर्ने ठाउँ वा तातो क्षेत्र जुनसुकै प्रकारको मौसम सामना गर्ने क्षमता जगदम्बा ग्याल्भा प्लसमा हुन्छ। उच्च आर्द्रता भएको क्षेत्रमा ग्याल्भा प्लसले सबैभन्दा मजबुत सुरक्षा प्रदान गर्छ।
जगदम्बा ग्याल्भा प्लसले पातामा अधिक तौल थप्दैन र उच्च मजबुती र वजन अनुपात कायम राख्छ। स्टील जत्तिकै यसको कोटिङ पनि कडा र टिकाउ हुन्छ।
जगदम्बा सुपर साइन, प्रिमियम रंगद्वारा कोटिङ गरिएका पाताहरूले उत्कृष्ट रंग प्रविधि (सुपिरियर पेन्ट टेक्नोलोजी) प्रयोग गर्छ जसले थप सुरक्षा प्रदान गर्छ। उक्त पेन्ट प्रविधिले पेन्ट फुट्न र चर्किनबाट रोक्छ।
ग्राहकहरूमाझ गुणस्तरीय उत्पादन पुर्याउनने उद्देश्यले जगदम्बा ग्याल्भा प्लस विस्तृत गुणस्तर परीक्षणहरूको माध्यमबाट प्रशोधन गरिन्छ। जगदम्बा सुपर साइनको सतहमा एक सुरक्षात्मक 'गार्ड फिल्म'को प्रयोग गरिएको हुन्छ जसले गर्दा ढुवानी र भण्डारणको समयमा सम्भावित क्षतिलाई रोक्छ। पर्यावरण मैत्री सामग्री एवं पर्यावराण मैत्री उत्पादन प्रक्रिया मार्फत जगदम्बा ग्याल्भा प्लस र जगदम्बा सुपर साइन उत्पादन हुन्छ।
ग्याल्भा प्लसको प्रयोग निर्माणमा छत, क्लेडिङ, संरचनात्मक सेक्सन, प्यानल आदिमा प्रयोग गरिन्छ भने विद्युतीय उपकरण जस्तै वाशिङ मेशीन, फ्रिज, टोस्टर, माइक्रोवेभ आदिमा पनि प्रयोग गरिन्छ। साथै अन्य कार्यहरू जस्तै एयर डक्ट, लाइटिङ, कम्प्युटर केसिङ आदिमा प्रयोग हुन्छ।
जगदम्बा स्टील्सले हालै नेपाली बजारमा ग्याल्भा प्लस र सुपर साइन सार्वजनिक गरेको छ। कम्पनीले केही समय अघि मात्रै सिमरास्थित अत्याधुनिक नयाँ प्लान्टको स्थापना गरी उत्पादन कार्य सुरू गरेको हो। निर्माण समूह शंकर ग्रुपअन्तर्गत जगदम्बा स्टिल्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादक कम्पनी हो, जसको उत्पादन क्षमता वार्षिक ३००० मेट्रिक टन, रोलिङ मिल (टिएमटी) क्यापसीटी छ। साथै, स्लिट रोलिङ प्रविधिबाट टिएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी पनि हो।
हाल जगदम्बा स्टील्सले एक लाख ३२ हजार टन प्रतिवर्ष ग्याल्भा प्लस र एक लाख दस हजार टन प्रतिवर्ष सुपर साइन उत्पादन गर्दै आएको छ।