शिवम् सिमेन्टले चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकहरूसँग 'ग्राहक अन्तक्रिया' कार्यक्रम सम्पन्न गरेको छ। निर्माण सम्बन्धी विभिन्न निकायका प्रतिनिधीहरू उपस्थित उक्त कार्यक्रममा हाल निर्माण कार्य गरिरहेका ४० ग्राहकहरू उपस्थित थिए।
उक्त कार्यक्रममा मालपोत कार्यलय प्रमुख, नापि विभाग नि. प्रमुख, भवन तथा पुनर्निमाण कार्यलयका इन्जिनियर तथा मालपोत कार्यलयमा कार्यरत अमिन सहितको उपस्थिति थियो। उक्त कार्यक्रममा सम्बन्धित निकायका प्रतिनिधिहरूले आफ्नो छोटो मन्तव्य राख्दै भवन निर्माण प्रक्रिया, निर्माण पूर्व ग्राहकहरूले सम्बन्धित निकायबाट लिनु पर्ने सेवा सुविधा तथा निर्माण कार्यमा गुणस्तरीय निर्माण सामाग्रीको महत्व आदि विषयमा बताए।
अन्तक्रिया कार्यक्रममा निर्माण कार्य गरिरहेका ग्राहकहरूलाई दक्ष एवंम अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माण कार्य गर्दा दिनहुँ आइपर्ने निर्माण सम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो।
शिवम् सिमेन्टले ग्राहकहररुसँग अझ बढि अन्तर सम्बन्ध कायम राख्न अन्तक्रिया कार्यक्रम सुरुवात गरेको हो। यस अघि देशका विभिन्न स्थानका निर्माणकर्मी (मेशन) हरूलाई अन्तक्रिया कार्यक्रम सञ्चालन गरिँदै थियो।
'भरोसा अटुट सम्बन्धको', 'गुणस्तरको पहिचान हो शिवम्', 'गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ' तथा 'क्लालिटीको मामलामा नो कम्प्रमाइज', जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्टसले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ।
देशको विभिन्न ठुला-ठुला राष्ट्रिय गौरवका आयोजनाहरूमा आफ्नो महत्वपुर्ण भूमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक एनएस अवार्ड २०१९ प्रथमबाट सम्मानीत भएको थियो।
ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।
उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असल ओपिसी सिमेन्ट बन्न सफल भएको हो।
नेपाल गुणस्तर चिन्ह ५७२,४९ तथा आइएसआइ, युआरएर युआरएस आइएसं सर्टिप्किेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा समेत निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ।