जगदम्बा स्टिल्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालेको छ।
नेपालमा जस्तै जगदम्बाका उत्पादनहरूको लोकप्रियता तथा माग विदेशमा पनि बढेसँगै कम्पनीले निर्यात सुरू गरेको हो। कम्पनीका अनुसार जगदम्बा स्टिल्सका उत्पादनहरू, जगदम्बा सुपर साइन र ग्याल्भा प्लस रोमानिया, युएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको छ।
जगदम्बा स्टिल्सले केही समय अगाडि मात्रै 'सिआर सिट एन्ड कोइल्स'हरू दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरू तथा दक्षिण अफ्रिकामा निर्यात सुरू गरेको थियो।
'उपभोक्ता सन्तुष्टिका लागि उत्कृष्ट गुणस्तरको निरन्तर्ता हाम्रो प्रतिबद्धता तथा प्रथम प्राथमिकता हो। गुणस्तरको सुनिश्चितार्थ अत्याधुनिक प्लान्टमार्फत निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ र सहयोगलागि हामी सदैव कृतज्ञ छौं,' जगदम्बा स्टील्सका प्रवक्ताले भने, 'नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रूपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौं।'
उनले यसँगै गुणस्तरको निरन्तर्ताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ सार्वजनिक गर्न थप आत्मबल मिलेको बताए।