जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देश, श्रीलंकामा स्वदेशी उत्पादनको निर्यात सुरू गरेको छ।
कम्पनीका अनुसार जगदम्बाका 'कलर कोटेड कोइल्स तथा सिट'हरूको लोकप्रियता तथा माग विदेशी बजारमा बढ्दो छ।
त्यस्तै, जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका कलर कोटेड कोइल्स तथा शिटहरू दक्षिण पूर्वी, मध्य-पूर्वी एसियाली राष्ट्रहरूमा तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति मागसहित उपभोक्ताद्वारा परिक्षित तथा अनुमोदित छ।
'उपभोक्ता सन्तुष्टिका लागि गुणस्तरको प्रतिबद्धता हाम्रो पहिलो प्राथमिकता हो। अत्याधुनिक प्लान्टमार्फत निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ, सहयोग र मायाका लागि हामी सदैव कृतज्ञ छौं,' शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवालले भने, 'यो मायाले अझ विस्तारित रूप लिएको छ। नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रूपमा स्थापित हुन पाउदा हामी निकै गौरवान्वित छौं।'
उनले योसँगै कम्पनीले गुणस्तरमा थप जोड दिँदै आफ्नो उत्पादनहरू बजार भित्र्याउनेमा प्रतिबद्धता जनाएका छन्।