विगत २ दशकदेखि निर्माण जगतमा गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री-वितरण गर्दै आएको जगदम्बा सिमेन्टले आफ्नो ओपिसी ब्रान्डमा नेपाल गुणस्तरबाट लागु गरिएको ४३ ग्रेड र ५३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री-वितरण गर्न गुणस्तरका सम्पूर्ण मापदण्ड पुरा गरी नेपाल गुणस्तर तथा नापतौल विभागवाट एनएस ब्रान्डमा ५७२ को प्रमाण-पत्र प्राप्त गरिसकेको छ।
साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपिसी)लाई २८ दिनमा आउने भारवहान क्षमताको आधारमा वर्गीकरण गरिन्छ।
१. ३३ ग्रेडको ओपिसीः २८ दिनमा न्यूनतम ३३ कम्प्रेसिम क्षमता (बल) प्राप्त हुने ओपिसि सिमेन्ट हो। यो सामान्य खालका संरचनाहरूमा प्रयोग हुन्छ, जसको भारवाहान क्षमता अहिले बजारमा पाउने पिपिसी र पिएससी सिमेन्ट बराबर हुन्छ। नेपाल गुणस्तर अनुरुप अहिले बजारमा सिमेन्टको बोरामा ओपिसी मात्र लेखेको बोराहरू ३३ ग्रेड मान्यता पाएका सिमेन्टहरू छन्।
२. ४३ ग्रेडको ओपिसीः २८ दिनमा न्यूनतम ४३ कम्प्रोसिभ क्षमता प्राप्त हुने सिमेन्ट हो। यो विभिन्न सामान्यदेखि विशेष खालका कन्क्रिट संरचना निर्माणमा प्रयोग हुन्छ। यस्ता सिमेन्ट घर, अपार्टमेन्ट, जलविद्युत, पुल, बाटो हरेक प्रकारका निर्माणमा उपयोगी हुन्छ। यसको कम्प्रेसिभ क्षमता ३ दिनमा २३ एमपिए, ७ दिनमा २२ एमपिए र २८ दिनमा ४३ एमपिए न्यूनतम रूपमा हुनुपर्छ। अहिले बजारमा नेपाल गुणस्तर अनुरुप ४३ ग्रेडका सिमेन्टको बोरामा ४३ ग्रेड ओपिसी भनेर लेखिएको हुन्छ।
३. ५३ ग्रेडको ओपिसीः २८ दिनमा न्यूनतम ५३ कम्प्रेसिभ क्षमता प्राप्त हुने सिमेन्ट हो। यो विशेष संरचना, जहाँ छोटो समयमा धेरै कम्प्रेसिस क्षमता चाहिने संरचनामा प्रयोग हुन्छ। जस्तै, प्री स्ट्रेस्ड कन्क्रिट, सिमेन्ट ग्राउटस, पुल, विद्युत गृह निर्माण, बहु तल्ला भवन, कन्क्रिटमा ३५ एमपिएभन्दा बढी भारवाहन क्षमता चाहिने संरचनाहरू आदि। यसमा ३ दिनमा २७, ७ दिनमा ३७ र २८ दिनमा न्यूनतम ५३ एमपिए क्षमता हुनुपर्छ। अहिले नेपाली बजारमा नेपाल गुणस्तर अनुरुप ५३ ग्रेडको सिमेन्टको बोरामा ५३ रोड ओपिसी भनेर लेखिएको हुन्छ।
यसरी ३३, ४३ र ५३ ग्रेडका सिमेन्टले २८ दिनमा कुनै पनि संरचनालाई थेग्न सक्ने शक्तिको आधारमा वर्गिकरण गरिएका छन्। जति धेरै बढी ग्रेडको सिमेन्ट भयो त्यतिनै छोटो समयमा धेरै क्षमताको शक्ति तथा सिर्जना हुन्छ। बढी ग्रेडका सिमेन्ट प्रयोग गर्दा बढी ताप उत्पन्न हुनाले कन्क्रिटसँगै क्युरिङ (पानीले भिजाउने) कार्यलाई पनि विशेष ध्यान दिनुपर्छ। सिमेन्टको ग्रेड अनुरुप बजार मूल्य पनि फरक हुन्छन्।
यसबाहेक जगदम्बा सिमेन्टका अन्य उत्पादनहरू पिपिसी र पिएससी सिमेन्टहरूले नेपाल गुणस्तर चिन्ह प्राप्त छन्। जगदम्बा सिमेन्ट नेपालका उत्पादनहरूले नेपाल गुणस्तरबाट ३ पटक लगातार एनएस प्रमाण-पत्रबाट पनि सम्मानित भएको छ।