उदयपुरको चुनढुंगाबाट उत्त्पादित शौर्य सिमेन्ट ५३ ग्रेडबाट सम्मानित भएको छ। यस अवसरमा शौर्य सिमेन्टले पौष मसान्तसम्म आफ्नो सबै ग्राहकहरुलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्ध गराउने भएको छ।
सिरहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट ओपिसी , पिएससी सिमेन्टहरु उत्त्पादन गर्दछ। आगामी दिनमा पिपिसी र लो अल्काली सिमेन्टको उत्पादन प्रक्रियामा रहेको एस उद्योगले नेपालमै पहिलोपल्ट लो अल्काली सिमेन्टको उत्पादन गर्ने पहिलो सिमेन्ट उद्योग रहेको दावी गरेको छ।
जसमध्ये लो अल्कली सिमेन्ट उत्त्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी रहेको छ। यसले दैनिक ७० हजार बोरा सहित ३५ सय मेट्रिकटन उत्त्पादनको क्षमता राख्दछ। जसले देशभरिको बजार माग सजिलै धान्न सक्ने कम्पनीको भनाइ छ।