शिवम् सिमेन्टले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका २६० निर्माण कर्मीहरुसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
सो अन्तर्क्रिया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गरिएको छ। साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरिएको थियो।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छ। उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो।
देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तर्क्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरुको लागि ५ लाख रुपैयाँ बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो।
चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित अन्तर्क्रिया तथा बीमा कार्यक्रम गर्दै आईरहेको शिवमले हाल आबुखैरेनी, मुग्लिङ, गोरखा, दमौली र डुम्रेका २६० निर्माणकर्मीसँग परामर्श तथा बीमा कार्यक्रम सम्पन्न गरेको हो।
पहिलो चरण अन्तर्गत भदौ तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढी निर्माणकर्मीहरुसँग प्राविधिक अन्तर्क्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनी प्रतिनिधीले बताएका छन् ।
उक्त अन्तर्क्रिया कार्यक्रममा दक्ष एबम् अनुभवी प्राविधिकले सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आईपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराईएको थियो।
उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो।
शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका विक्रेताहरु सँगको समन्वयमा यस अन्तर्क्रिया तथा निशुल्क बीमा कार्यक्रम निरन्तर संचालन गर्ने कम्पनीले जनाएको छ ।