शिवम् सिमेन्टले देशका विभिन्न स्थानहरुमा निर्माणकर्मीहरुसँग परामर्श तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गरिएको छ। साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरिएको छ। बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरिएको थियो।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकमीहरु हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन्। उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुक दुर्घटना बीमा योजना ल्याएका बताएको छ।
देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो।
पहिलो चरणअन्र्तगत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार बढी निर्माणकर्मीसँग प्राविधिक अन्तक्रिया गरिएको छ। उनीहरुको जोखिम बीमा समेत गराई सकेको कम्पनीले बताएको छ।
कार्यक्रममा दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो।