गुणस्तर तथा नापतौल विभागले तीन सिमेन्टको गुणस्तर कम भएको भन्दै कारबाही गरेको छ।
सिरहास्थित मारुती सिमेन्टबाट उत्पादित मारुती सिमेन्ट जाँचका क्रममा गुणस्तरहिन देखिएको विभागले बिज्ञप्ति जारी गरेर जानकारी दिएको छ।
मारुतीसहित जगदम्बा र युनाइटेड सिमेन्ट उद्योगलाई उत्पादनमा कम गुणस्तर पाइएको भन्दै १५ दिनको स्पष्टीकरण तोकिएको विभागले जनाएको छ।
मारुती सिमेन्टको नमूनामा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको विभागको भनाइ छ।
अन्य दुई उद्योगको पनि नमूनामा मापदण्ड अनुसार कम्प्रेसिभ स्ट्रेन्थ नरहेको विभागले जनाएको छ।
तीनवटै सिमेन्टको बिक्रीबितरणमा रोक लगाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिएका छन्।
तर कारबाहीमा परेका सिमेन्ट उद्योगहरुले भने विभागको नमूना जाँचमा त्रुटि रहेको आरोप लगाएका छन्।