चौधरी ग्रुप अन्तर्गतको सिजी डेभलपर्सले ‘सिजी हिल्स प्रिमियम भैंसेपाटी’ हाउजिङ परियोजना सुरू गरेको छ। नेपालमा लक्जरियस हाउजिङ विकास गर्ने लक्ष्यअनुसार उक्त परियोजना कार्यान्वयनमा ल्याइएको हो।
आवासीय क्षेत्रका रूपमा परिचित भैंसेपाटीको विशेष आकर्षणका रूपमा सिजीको हाउजिङ परियोजना कार्यान्वयनमा आएको समूहले जनाएको छ।
सिजी डेभलपर्सले भैंसेपाटीमा ६० वटा लक्जरियस घर बनाउन सुरू गरेको छ। आवासका लागि आकर्षक रमणीय ठाउँ, विशेष सुरक्षा प्रबन्ध, फराकिलो सडक लगायत भौतिक संरचना भएको स्थानमा सिजीसँग जोडिँदै आएका उपभोक्तालाई विशेष सेवा पुर्याउन हाउजिङ परियोजना सुरू गरेको समूहको भनाइ छ।
‘सिजी हिल्स प्रिमियम सम्पूर्ण रूपमा एउटा सुन्दर घर परिकल्पनाको साकार रूप त हो नै। त्यसबाहेक यो आफैंमा स्टाटस सिम्बोलका रूपमा समेत स्थापित हुनेछ,' परियोजनाका प्रमुख इन्जिनियर नारायण श्रेष्ठले भने, ‘सिजीसँग वर्षौंदेखि जोडिदै आउनुभएका हाम्रा प्रिय उपभोक्ताका लागि यति सुन्दर परियोजना समर्पण गर्न पाँउदा हामी निकै खुसी छौं। यो उहाँहरूका लागि एउटा दुर्लभ अवसर सावित हुनेछ भन्नेमा पनि विश्वस्त छौँ।’
यस परियोजनामा चार प्रकारका घर निर्माण हुनेछन्। करिब २७ सय वर्गफिटदेखि ३७ सय वर्गफिटसम्ममा फैलिने घरहरू साढे दुई तलादेखि साढे तीन तलासम्मका रहनेछन्।
यी घरहरू चार आनादेखि १० आना जग्गाको क्षेत्रफलमा विकास हुनेछन्।
नेपालको हाउजिङ इतिहासमा यस परियोजनामा अत्याधुनिक इन्जिनियरिङको प्रत्यक्ष अनुभव गर्न पाइने श्रेष्ठले बताए।
‘उपभोक्ताहरूलाई विशेष घरमा बसेको अनुभूति दिलाउन डिजाइनमा हामीले इन्जिनियरिङका अन्तर्राष्ट्रिय कन्सल्टयान्टहरूको समेत सेवा लिएका छौं,’श्रेष्ठ भन्छन्, ‘हामी यो परियोजनाबाट नेपालकै हाउजिङ डिजाइन अर्को तहमा पुगोस् भन्ने सोचसाथ काम गरिरहेका छौं।'
फिल्डमा निर्माण कार्य प्रारम्भ भएसँगै परियोजनाले हाउजिङ बुकिङ खुला गरेको छ।
परियोजना प्रमुख श्रेष्ठले भने, 'उपभोक्ताबाट प्राप्त प्रारम्भिक प्रतिक्रिया हामी निकै उत्साहित छौं।'
सिजी नेपालको रियल स्टेट बिजनेसको पायोनियर कम्पनी मानिन्छ। यस ग्रुपले दुई दशकअगाडि काठमाडौं रेजिडेन्सी र माउन्ट भ्यू रेजिडेन्सी निर्माण गरेको थियो।