दसैँलाई लक्षित गर्दै राजधानीको भृकुटीमण्डपमा ‘स्टक क्लिअरेन्स मेला’ हुने भएको छ। ‘दसैँको बेला सस्तो मेला’ स्लोगन दिँदै इभेन्ट सोलुसनले मेलाको आयोजना गर्न लागेको हो।
भदौ २१ गतेदेखि २६ गतेसम्म हुने मेलामा इलेक्ट्रोनिक्स सामानदेखि खाद्यान्नसम्म पाइने छ। मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, मोबाइल, कस्मेटिक तथा इलेक्ट्रोनिक्स सामानहरु पाइने छ।
त्यस्तै फुड प्रडक्ट र होम अपलायन्ससहित १ सय भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। मेलाबाट दसैँका लागि आवश्यक पर्ने सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा पाइने मेला संयोजक दिपेश जोशीले बताए।
६ दिन सम्म चल्ने यो मेलाका लागि ८० प्रतिशत भन्दा बढी स्टल बुक भइसकेको उनले बताए। ५० हजार बढी उपभोक्ता मेला स्थलमा आउने अनुमान आयोजकले गरेको छ।