सामान्यतय मानिसको जिवनमा सबैभन्दा धेरै लगानी लाग्ने क्षेत्रको रुपमा घरलाई लिइन्छ। जिन्दगी भर कमाएको पैसाले एउटा घर बनाउँ भन्ने सपना धेरैको हुन्छ।
शिक्षा, स्वास्थ्य, रोजगारी आदिको लागि मानिसहरु पहाडबाट तराई, गाँउबाट सहर बसाई सराई गर्ने क्रम बढ्दो छ। देशको राजधानी काठमाडौं बसाई सर्न चाहानेको संख्या त यसै ठूलो त्यो सँगै राजधानीसँग जोडिएको ललितपुर बसाई सर्न चाहानेको जमात पनि कम छैन।
शिक्षा, स्वास्थ्य, रोजगारीकै मामिलामा काठमाडौंभन्दा कम नभएको ललितपुरमा एउटा महानगरपालिका, २ वटा नगरपालिका र ३ वटा गाँउपालिका छन्।
हावा–पानी एउटै, सुविधा एउटै, राजधानीसँग जोडिएको आदि कारणले पनि ललितपुर बसाई सर्नेको संख्या बढेको ललितपुर इमाडोलका घर जग्गा ब्यवसायी दिपक तिमल्सिना बताउछन्।
‘यहाँ विभिन्न देशको कुटनीतिक नियोग, दूतावास, सुविधासम्पन्न खेल मैदान, मनोरञ्जनस्थल लगायतको ठाँउहरुको समेत कमी छैन त्यही भएर पनि ललितपुरमा घर तथा जग्गाको कारोबार बढेको होला’, तिमल्सिनाले सेतोपाटीसँग भने।
ललितपुरमा सस्तोदेखि निकै महंगोसम्म जग्गा उपलब्ध छन्। ललितपुरको मुख्य बजार र भित्री क्षेत्रको जग्गाको भाउमा आकाश जमिनको फरक छ।
यस्ता छन् ललितपुरका सस्ता जग्गाबडिखेलललितपुरको बडिखेल सस्तो जग्गा पाउने मध्ये एक हो। यहाँ जग्गा आनाको करिब साढे ३ लाख देखि ४ लाखसम्म पाउन सकिने जग्गा ब्यवसायी दिपक तिमल्सिनाले जानकारी दिए।
लेलेलेले पनि ललितपुरको सस्तो जग्गा पाउने ठाउँ मध्ये एक हो। यहाँको जग्गा आनाको ४ लाखदेखि ५ लाखसम्म पर्ने तिमल्सिनाले जानकारी दिए।
झरूवाराशीझरूवाराशीको जग्गाको मूल्य पनि लेलेको जतिनै छ। यहाँ पनि जग्गाको आनाको करिब ४ लाखदेखि ५ लाखसम्म पर्ने जग्गा व्यवसायीहरुले जानकारी दिए।
ढुङ्गिनढुङ्गिनको जग्गा पनि ललितपुरको सस्तो जग्गा मध्ये पर्छ। यहाँको जग्गा प्रतिआना ५ लाखदेखि साढे ५ लाखसम्म बिक्रि भइरहेको छ।
लामाटारललितपुरको सस्तो जग्गा पाउने ठाँउ मध्ये लामाटार पनि एक हो। पछिल्लो समय यहाँ द्रूत गतिमा जग्गाको कारोबार भइरहेको जानकारहरु बताउछन्। यहाँ जग्गाको प्रतिआना ८ देखि १० लाख सम्मपर्ने जानकारहरु बताउछन्।