हेलो किट्टीले आफ्नो ५० औं जन्मदिन मनाएको छ। संसारभर लोकप्रिय यो गुडियाले गत शुक्रबार आफ्नो जन्मदिन मनाएकी हुन्।
जापानको स्यानरियो कम्पनीले आविष्कार गरेको हेलो किट्टीलाई बेलायतका राजा चार्ल्सले पनि जन्मदिनको शुभकामना दिएका थिए। जापानका राजारानी बेलायत भ्रमणमा आउँदा उनले शुभकामना दिएका हुन्।
यो गुडिया कति लोकप्रिय छ भन्ने कुरा यसले नै संकेत गर्छ।
हेलो किट्टी पोकेमनपछि धेरै आम्दानी गर्ने कम्पनी हो। यसको आम्दानी मिक्कीमाउस र स्टारहाउस भन्दा ज्यादा छ।
तर यो कम्पनीको आर्थिक अवस्था सधैं यस्तो थिएन। कम्पनी प्रसिद्ध हुनुका पछाडि यसको साहसिक यात्रा छ।
एक समय कम्पनीमा ठूलो आर्थिक समस्या थियो। सन् १९९९ र २०१४ मा कम्पनीले आफ्नो आर्थिक अवस्था सुधार गर्दै राम्रो आम्दानी गर्यो। त्यसयता समस्याहरू आउने-जाने भइरहे।
सन् २०२० मा ३१ वर्षीय तोमोकुनी सुजी स्यानरियोको मालिक बने। उनी स्यानरियोका संस्थापक सिनतारो सुकीका नाति थिए। जापानमा भएका अन्य कम्पनीहरूमध्ये उनी सबभन्दा कम उमेरका प्रमुख कार्यकारी थिए। उनी आएपछि उनको हजुरबुबा स्यानरियोका अध्यक्ष भए।
तोमोकुनीले कम्पनी सुधार्न नयाँ योजनाहरू बनाए। उनले कम्पनीबाट हेलो किट्टीसँगै अन्य पात्रहरू थपे।
जापानको टिबिसी टेलिभिजनमा एउटा कार्टुन सिरिज पनि चलाए। त्यो सिरिजपछि नेटफ्लिक्समा हिट भयो।
सिनामोन रोल, गुदेत्मा जस्ता पात्र अहिलेका 'जेन-जी' वा नयाँ पुस्तामाझ प्रख्यात छन्। यसका दर्शक संसारभर फैलिएका छन्।
तामोकुनीले आफ्नो बजार विस्तार गर्न स्टारबक्स, क्रक्स र बास्केटबल जस्ता ठुल्ठूला ब्रान्डसँग सहकार्य गरेका छन्। तोमोकुनी सुजीले काम गरेको दुई वर्षमै यो कम्पनीले ठूलो लाभ उठाउन सफल भएको थियो।
'हामी नक्कली उत्पादन पत्ता लगाउन एआई प्रयोग गर्छौं,’ तोमोकुनी सुजीले भनेका छन्।
उनी आएपछि कम्पनीको सेयर दस गुणा बढेको छ। अहिले कम्पनीको स्टक मार्केट अर्बौं रूपैयाँको छ।