साताभर सेयर बजारको परिसूचक (नेप्से) स्थिर अंकमा रह्यो। आइतबारको कारोबारमा १५१० अंकमा रहेको नेप्से बिहीबार पनि सोही अंकमै अडेर बन्द भयो।
यसबीचमा भने १५०१ अंकसम्म बजार घटेको थियो। यद्यपी अघिल्लो साताको तुलनामा भने यो साता नेप्से ३२ अंकले घटेको छ। अघिल्लो साता नेप्से १५४२ अंकमा बन्द भएको थियो। साताभर १७२ कम्पनीहरुको एक अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यस साता वाणिज्य बैंक समूह ७, विकास बैंक १६, वित्त ६ र बिमा समूह १७ अंकले घटेका छन्। उत्पादनमूलक समूह २५ तथा व्यापार समूह ४ अंक र जलविद्युत समूह ०. १ अंकले घटेका छन्।
टेलिकम सूचीकृत अन्य समूह भने ५२ अंकले बढेको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०।६७ अंकले बढेर ३१७ अंकमा आएको छ।
यस साता कारोबार रकमका आधारमा चिलिमे हाइड्रो अग्रस्थानमा रह्यो। उसको १३ करोड ५६ लाख रुपैयाँको कारोबार भयो। स्टान्डर्ड चार्टड बैंक, नेपाल टेलिकम, नेपाल बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
त्यसैगरी कारोबार भएको सेयर संख्या ९एक लाख ६२ हजार कित्ता० को आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। त्यसैगरी कारोबार संख्या ९११२२ वटा० को आधारमा चिलिमे हाइड्रो पावर कम्पनी नै अग्रस्थानमा रह्यो।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। लुम्बिनी जनरल इन्स्योरेन्स, एनबि इन्स्योरेन्स र पूािर्णमा विकास बैंकको हकप्रद सेयर बजारमा सूचीकृत भएको छ।