ओम मेगाश्री फर्मास्युटिकल्सले धितोपत्र बोर्डबाट सेयर निष्कासनको अनुमति पाएको छ।
कम्पनीले अंकित मूल्य एक सय रूपैयाँको दरमा १८ लाख कित्ता (१८ करोड रूपैयाँ बराबर)को सेयर जारी गर्ने भएको हो।
कम्पनीले सेयर जारी गरेपछि चुक्ता पुँजी ६० करोड रूपैयाँ पुग्ने भएको छ। कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
चितवनमा औषधि उद्योग रहेको यस कम्पनीले २०८० फागुन ४ बाट उत्पादन सुरू गरेको हो।
यो उद्योगको लागि आवश्यकमध्ये ६७ प्रतिशत पुँजी ऋणबाट जुटाइएको हो। ३३ प्रतिशत पुँजी सेयरबाट जुटाइने भएको हो।
३३ प्रतिशतमध्ये ३० बराबर रकम सेयर जारी गरेर उठाइने भएको हो।
कम्पनीको लागत पहिले आकलन गरिएकोभन्दा ३८ प्रतिशतले बढेको केयर रेटिङ नेपालले उल्लेख गरेको छ।
कम्पनीले ४५ थरीमा औषधि उत्पादन गर्ने भएको छ। रेटिङ भएको अवधिसम्म आठ वटाको लागि अनुमति पाएको थियो भने १८ वटा अन्तिम चरणमा रहेको थियो।
अक्सिजन प्लान्ट, अस्पतालमा विभिन्न सामग्री आपूर्तिकर्ताको रूपमा समेत काम गरिसकेका अर्जुन कुमार श्रेष्ठ यसका अध्यक्ष छन्।
उनीसँग विभिन्न क्षेत्रमा करिब दुई दशकदेखि काम गरेको अनुभव छ।