बैंकहरूले अब असल कर्जामा १.१ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्थामा राखे पुग्ने भएको छ।
राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
कोभिडको समयमा बैंकहरूले यस्तो कर्जामा राख्नुपर्ने प्रावधान एक प्रतिशतबाट बढाएर १.३ प्रतिशतसम्म बनाएको थियो।
यसलाई क्रमिक रूपमा घटाउँदै कोभिडकालीनभन्दा अघिकै अवस्थामा लगिरहेको छ।
राष्ट्र बैंकले गरेको यो निर्देशनसँगै पुँजीकोषमा दबाब खेपिरहेका बैंकहरूलाई केही राहत पुग्ने भएको छ।