माघको लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्।
पुसमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर औसत ६.०१६ प्रतिशत रहेकोमा माघमा केही घटेको हो।
माघको लागि बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.००१ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन्।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये तीन वटाको मात्रै यस्तो ब्याजदर परिवर्तन भएको छ।
नेपाल एसबिआई बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाएका हुन्।
नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर दिइरहेकोमा अब ५.५ प्रतिशत दिने भएको हो।
कृषि विकास बैंकले ५.५७ प्रतिशत ब्याजदर दिइरहेकोमा अब ५.५१ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ५.५ प्रतिशत दिइरहेकोमा बढाएर ५.५७ प्रतिशत दिने भएको छ।
संस्थागत निक्षेपकर्ताले पाउने ब्याजदरमा पनि समान्य परिवर्तन भएको छ।
अहिले यस्ता निक्षेपकर्ताले अधिकतम औसत ४.५२ प्रतिशत ब्याजदर पाइरहेकोमा अब ५.५० प्रतिशत पाउने भएका हुन्।
नेपाल एसबिआई, नेपाल बैंक र सिटिजन्स बैंकको यस्तो निक्षेपको ब्याजदर परिर्वतन भएको हो।
नेपाल एसबिआईले संस्थागत निक्षेपकर्तालाई हाल पाँच प्रतिशत ब्याजदर दिएकोमा अब ४.५ प्रतिशत दिने भएको छ।
त्यस्तै, नेपाल बैंकले ४.७ प्रतिशत ब्याजदर दिइरहेकोमा अब ४.१५ प्रतिशत हुने भएको छ। सिटिजन्स बैंकले संस्थागत निक्षेपकर्तालाई ४ प्रतिशत ब्याजदर दिइरहेकोमा अब ४.५ प्रतिशत दिने भएको छ।