चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिनामा निजी क्षेत्रतर्फ गएको कर्जा २.५ प्रतिशतले बढेको छ।
तीन महिनाको अवधिमा थप एक खर्ब २८ अर्ब रूपैयाँ कर्जा गएको छ।
यो तीन महिनामा निजी क्षेत्रतर्फ ५२ खर्ब दुई अर्ब कर्जा गएको छ।
अघिल्लो वर्षको यो अवधिमा ५० खर्ब सात अर्ब रूपैयाँ कर्जा गएको थियो।
असोजसम्ममा बैंकहरूले पाउनु पर्ने ब्याज एक खर्ब ३५ अर्ब रूपैयाँ छ।
यो अवधिमा प्रडक्ट अनुसार सबैभन्दा धेरै वृद्धि सेयर धितोमा जाने कर्जामा भएको छ।
गत असोजसम्म सेयर धितोमा कुल ९० अर्ब रूपैयाँ कर्जा लगानी भएकोमा यो असोजसम्म एक खर्ब पाँच अर्ब रूपैयाँ पुगेको छ। यसमा १७.५ प्रतिशतले वृद्धि भएको हो।
यसमा पनि एक करोड रूपैयाँभन्दा धेरै रकमको कर्जामा धेरै वृद्धि भएको छ।
एक करोडभन्दा धेरैको कर्जा जाने क्रम २५ प्रतिशतले बढेको छ।
आयातमा आधारित कर्जा १७.४ प्रतिशतले बढेर ९७ अर्ब रूपैयाँ पुगेको छ।
भदौ र असोज दुई महिनामा यस्तो कर्जा मात्रै सात अर्बले बढेको छ।