पुराना र २०७९ सालबाट सञ्चालनमा आएका नयाँ ब्रोकरहरूको अलग–अलग संगठन रहँदै आएकोमा यी दुई ब्रोकर संगठनबीच मर्जर भएको छ।
हाल सञ्चालनमा रहेका स्टक ब्रोकर्स एसोसिएसनका र धितोपत्र ब्रोकर्स एसोसिएसनबीच मर्जर सझौता भएको हो।
सम्झौता पत्रमा स्टक ब्रोकर्स एसोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एसोसिएसनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका हुन्।
दुई संस्था मर्जरसँगै स्टक ब्रोकर्स एसोसिएसनको नामबाट सञ्चालनमा आउने छ।
पछिल्लो समय सेयर बजारमा देखिएको विकृति र विसंगतिलाई हटाउँदै बजारको विकास र विस्तार गर्नका लागि दुई संस्थाहरू एक भएर अघि बढ्नु परेको धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले जानकारी दिए।