आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी भएको छ।
यस सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्सबाट ७० प्रतिशतसम्मको सवारी साधन फाइनासिङ सुविधा प्राप्त गर्न सक्नेछन्।
सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एसएमइ प्रमुख नबिन्द्र के.सी. र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारीबीच हस्ताक्षर भएको हो।
यस समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक–केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन्।
यसबाट ग्राहकहरूलाई सवारी साधन किन्न सहज र पहुँच योग्य फाइनान्सिङको सुविधा उपलब्ध भएको छ।
आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदीले रिलायन्स फाइनान्ससँगको यो साझेदारीबाट ग्राहकहरूलाई बढी फाइनान्सिग सुविधाहरू गर्ने तथा यसबाट अशोक लेल्याण्डको बजार वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको बताएका छन्।
रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले आइएमई मोटर्ससँग मिलेर उत्कृष्ट फाइनासिङ सेवाहरू मार्फत ग्राहकहरूको आवश्यकतालाई पूरा गर्न तत्पर रहेको बताए।