ग्लोबल आइएमई बैंकले डेबिट तथा क्रेडिट कार्डबाहकहरूलाई प्रत्येक शनिबार बिग मार्टमा आफूलाई आवश्यक सर–समान खरिद पछिको भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ।
बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरूलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरूमा १० प्रतिशत वा अधिकतम २०० रूपैयाँसम्म छुट योजना ल्याएको छ।
उक्त छुट योजना हरेक शनिबारका दिन मात्र लागू हुनेछ।
ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ।
बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ।