माछापुच्छ्रे बैंकले आफ्नो २४औं वार्षिकोत्सव तथा आउँदै गरेको नेपालीहरूको महान चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरूमा अफरै अफरहरू सञ्चालनमा ल्याएको छ।
बैंक असोज १७ गतेबाट २४औं वर्ष पार गरी २५औं वर्षमा प्रवेश गर्दैछ। बैंकले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरूमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफरहरू ल्याएको छ।
जसको फाइदा ग्राहकहरूले बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरू मोबाइल बैंकिङ एप (एमबिएल एम–स्मार्ट), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड मार्फत लिन सक्नेछन्।
बैंकले असोज १ गतेदेखि ३० गतेसम्मको अवधिमा यस बैंकको मोबाइल बैंकिङ एप, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकहरूलाई विशेष छुटको योजना ल्याएको छ।
जस अन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहकहरूले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गर्नेछ।
बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुष्ट २ हजार ४०० सय रूपैयाँ मात्र प्रदान गर्नेछ।
साथै बैंकले मोबाइल बैंकिङ एप सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ।
यसै क्रममा बैंकको २४औं वार्षिकोत्सव लक्षित यस योजना अन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले विभिन्न मर्चेन्टहरूबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम १२४ रूपैयाँ तथा क्रेडिट कार्ड मार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम २२४ रूपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन्।
यसका साथै बैंकले असोज १ देखि १८ गतेसम्मको लागि डिजिटल कारोबारको प्रोत्सहान र प्रवर्द्धनको लागि बैंकको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेज मार्फत ग्राहकहरूको लागि क्विज कार्यक्रम सञ्चालन गर्नेछ र सही उत्तर दिने सहभागीहरूमध्ये भाग्यशाली विजेताले आर्कषक उपहार पाउन सकनेछन्।
साथै यस अफर अवधिभर बैंकबाट जारी डिजिटल माध्यमहरूबाट कारोबार गर्ने ग्राहकहरू र डिजिटल भुक्तानी लिने मर्चेन्टहरूका लागि बैंकले विभिन्न मर्चेन्ट तथा भेन्डर्सहरूद्वारा प्रायोजित विविध उपहारहरू जस्तैः टिभी, मोबाइल फोन, ट्याब, स्मार्टवाच, रिचार्जकार्ड तथा आकर्षक गिफ्ट भौचरहरू प्रदान गर्नेछ।