नेपाल राष्ट्र बैंकले भदौ ३० गते (आज) बैंकिङ प्रणालीबाट एक खर्ब रूपैयाँ तान्न लागेको छ।
राष्ट्र बैंकले निक्षेप संकलन विधिबाट २१ दिनको लागि यो रकम तान्न लागेको हो।
यसअघि भदौ २६ गते राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्न खोज्दा बैंकहरूले नौ अर्ब ५० करोड रूपैयाँ मात्रै राखेका थिए।
बैंकहरूले २.९९ प्रतिशत ब्याजदरमा यस्तो रकम राखेका छन्।
पछिल्लो समय बैंकहरूले लामो अवधिका यस्ता उपकरणमा कम रकम राख्न थालेका छन्। हाल यस्तो उपकरणमा बैंकहरूले राखेको एक खर्ब ६४ अर्ब रकम छ।
बैंकहरूले राष्ट्र बैंकको अन्य विभिन्न उपकरण सहित कुल दुई खर्ब ८४ अर्ब रूपैयाँ फिर्ता पाउन बाँकी छ।