कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
१२ प्रतिशत लाभांश घोषणा गरेको छ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब २८ करोड ११ लाख ६५ हजार रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
अघिल्लो वर्ष बैंकले ४.४१ प्रतिशत बोनस र ०.२३ प्रतिशत नगद गरी कुल ४.६४ प्रतिशत लाभांश दिएको थियो।