नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छ भने युरो र र युके पाउन्ड स्टर्लिङको मूल्य बढेको छ ।
त्यसैगरी, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन आएको छ।
शुक्रबार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा कायम भएकामा आज भने एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा रहेको छ।
त्यसैगरी, शुक्रबार युरो एकको खरिददर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा कायम भएकामा आज बढेर एकको खरिददर १४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४९ रुपैयाँ १६ पैसा कायम भएको छ ।
राष्ट्र बैङ्कका अनुसार शुक्रबार युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७१ पैसा तोकिएकामा आज एकको खरिददर १७५ रुपैयाँ ७० पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा कायम भएको छ।
आज स्विस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ ११ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ।
क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ०७ र बिक्रीदर १०३ रुपैयाँ ५४ पैसा कायम भएको छ ।
जापानी येन १० को आजका लागि खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा कायम छ।
राष्ट्र बैङ्कका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ।
थाई भाट एकको खरिददर ४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४ रुपैयाँ ०३ पैसा कायम छ। साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा छ।
मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा छ ।
हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४४० रुपैयाँ ८९ पैसा छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ९३ पैसा कायम भएको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।
वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।