हाथवे इन्भेष्टमेन्ट नेपालले आर्थिक वर्ष २०८१–८१ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारि गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब २८ करोड ७० लाख रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
अघिल्लो वर्ष पनि कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।