एनएमबी बैंक जैविक इन्धनको प्रयोग अन्त्य अभियानमा जोडिएको छ।
एनएमबी बैंक जैविक इन्धन प्रसार राक्ने सम्झौता पहल (फसिल फ्युल नन प्रोलिफिरेसन ट्रिटी इनिसेटिभ) मा सहभागी भएको हो।
ग्लोबल अलायन्स फर बैंकिङ भ्यालुजमा सहभागी १७ बैंकहरू नै यसमा सहभागी भएका हुन्।
पेरिस सम्झौताका उद्देश्य प्राप्त गर्न विश्वव्यापी रूपमा जैविक इन्धन प्रसार राक्ने सम्झौता पहल अगाडि बढाइएको छ।
सबैका लागि स्वच्छ ऊर्जा, जैविक ऊर्जाको विस्तारमा रोक र हालका यस्ता उत्पादनलाई अन्त्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय सहकार्यमा यो पहल भइरहेको छ।
'जालवायु परिवर्तनको दबाबपूर्ण अहिलेको यो समय बारे हामी सचेत छौं, यसको निकारणको प्रतिबद्धता सहित हामी यो पहलमा सहभागी भएका छौं,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने।
यससँगै बैंकले वातावरणलाई प्राथमिकतामा राखेर दीर्घकालिन स्थिरता हुने खालका अभ्यासमा जोड दिने भएको छ।
जैविक इन्धनमा रहेको हालको निर्भरता कम हुँदै जानसके स्वच्छ हावा, पानी र जमिनको उपलब्धता बढ्ने र जीवन गुणस्तर हुँदै जाने बैंकको विश्वास छ।