बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६४ पैसा थियो। यो मूल्य अघिल्लो दिनको २ पैसा बढेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ६७ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ५४ पैसा र बिक्रीमा ८५ रुपैयाँ ९३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७४ पैसा र बिक्रीमा ९७ रुपैयाँ १८ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ २ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ६१ पैसा र बिक्रीमा २८ रुपैयाँ ७४ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ११ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३० पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८९ पैसा तोकिएको छ।