एनबी इन्स्योरेन्स कम्पनीको नाम आइएमई जनरल इन्स्योरेन्स भएको छ। यसअघि नै नाम परिवर्तन गर्ने सम्वन्धमा बिमा समितिबाट स्वीकृति पाएको कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयबाट नयाँ नाममा दर्ता प्रमाणपत्र पाएको छ। कम्पनीको लोगो पनि परिवर्तन भएको छ।
समस्याग्रस्त बनेको कम्पनी २०७१ माघ ५ गतेदेखि आईएमई गु्रप लगायत अन्य व्यक्तिहरुले खरिद गरी नयाँ व्यवस्थापनमा २०७२ असारदेखि पुनः संचालनमा आएको थियो। निर्जीवन बीमा क्षेत्रमा कम्पनी २० वर्ष पुरानो हो।
नयाँ लगानीकर्ता तथा व्यवस्थापनले कम्पनी सम्हाले पश्चात विगत ६ बर्षदेखिको हुन नसकेको बार्षिक साधारण सभा असोज १० गते सम्पन्न भएको थियो।
सो सभाले चुक्ता पुँजी ५४ करोडमा थप ८० प्रतिशत हकप्रद शेयर सहित ९७ करोड २० लाख पु¥याउने प्रक्रिया अपनाउने र त्यसपश्चात ५ प्रतिशत बोनस शेयर वितरण गरी बीमा समितिले तेकेको १ अर्ब पुर्याउने निर्णय गरेको थियो। २०७४ असोज मसान्तसम्मको कूल बीमा शुल्क आर्जन करिब २२ करोड रहेको छ ।
खुद मुनाफा आर्जन २ करोड ५५ लाख छ। जगेडा कोषमा २२ करोड छ भने शाखा सञ्जाल २५ र सेवा काउण्टर १० सहित ३५ स्थानबाट सेवा प्रदान गरिरहेको छ।
थप १८ वटा शाखा तथा सम्पर्क कार्यालय खोल्न बीमा समितिबाट स्वीकृत भइसकेको कम्पनीले जनाएको छ।