बजारमा चिनियाँ आँप आउन थालेको छ।
एक/दुई दिनदेखि चिनियाँ आँप आउन थालेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले जानकारी दिए।
'चिनियाँ आँप हिजोदेखि बजारमा आएको छ,' उनले भने।
उनका अनुसार स्वदेशी र भारतीय आँपको सिजन सकिएपछि चाइनिज आँप आउन सुरू भएको हो।
बजारमा अहिले स्वदेशी आँप छैन। भारतीय आँप पनि थोरै मात्रामा मात्रै आइरहेको छ। भारतीय आँप भएसम्म चिनियाँ आँप खासै बिक्री नहुने उनी बताउँछन्।
'स्वदेशी आँप भएसम्म भारतीय बिक्दैन। भारतीय आँप पाएसम्म ग्राहकले चिनियाँ रूचाउँदैनन्,' उनले भने।
भारतीय आँप आउन छोडेपछि भने चिनियाँ आँप थोरै मात्रामा बिक्री हुने उनले जानकारी दिए।
उनका अुनसार अहिले चिनियाँ आँप होलसेलमा प्रतिकिलो दुई सय रूपैयाँभन्दा बढी छ।