बजारमा सुकेको प्याजको भाउ एक सातादेखि स्थिर छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार गत साता मंगलबारदेखि प्याजको भाउ घटबढ भएको छैन।
गत साता मंगलबार सुकेकाे प्याज बजारमा प्रतिकिलो ३६ देखि ३८ रूपैयाँमा कारोबार भइरहेको थियो। आज पनि सोही मूल्यमा कारोबार भएको छ।
गत साता सोमबार भने कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ३५ देखि ३७ रूपैयाँमा बिक्री भइरहेको छ।
आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ।
भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ।